social questions answer
१.
नेपालका कुनै २ सांस्कृतिक गौरवका नाम लेख्नुहोस्। |
||||||||||||||||||||||||||||||||
प्रश्न न. १ उत्तर |
||||||||||||||||||||||||||||||||
नेपालका कुनै २ साँस्कृतिक गौरवहरु यसप्रकार रहेका छन। क.जानकी मन्दिर
ख.पशुपतिनाथ |
||||||||||||||||||||||||||||||||
२. नेपालको मानव विकास सूचकाङ्क सुधारोन्मुख बनाउनका लागि
आवश्यक सुझाव एक वाक्यमा लेख्नुहोस् । |
||||||||||||||||||||||||||||||||
प्रश्न न. २ उत्तर |
||||||||||||||||||||||||||||||||
नेपालको मानव विकास सुचकाङ्क सुधारोन्मुख बनाउनका लागी
शिक्षा, स्वास्थ्य र प्रतिव्यक्ति आयमा वृद्धि
गर्नु पर्छ । |
||||||||||||||||||||||||||||||||
३. घरेलु हिंसाले परिवारमा पार्ने कुनै दुई असरहरू
लेख्नुहोस् । |
||||||||||||||||||||||||||||||||
प्रश्न न. ३ उत्तर |
||||||||||||||||||||||||||||||||
घरेलु हिंसाले परिवारमा पार्ने कुनै दुइ असरहरु
निम्नानुसार छन। क. मानसिक तनाब ख.सामाजिक
प्रतिष्ठामा आँच |
||||||||||||||||||||||||||||||||
४. बढ्दो यौन विकृति र विसङ्गतिका विरुद्ध एक सन्देशमुलक
नारा तयार पार्नुहोस् । |
||||||||||||||||||||||||||||||||
प्रश्न न. ४ उत्तर |
||||||||||||||||||||||||||||||||
''मर्यादित यौन व्यवहार अपनाउ,
स्वस्थ्यकर र सम्मानित जीवन जिउ" |
||||||||||||||||||||||||||||||||
५. नेपालको पहिलो आमनिर्वाचन २०१५ मा कति वटा निर्वाचन
क्षेत्र कायम गरिएको थियो ? |
||||||||||||||||||||||||||||||||
प्रश्न न. ५ उत्तर |
||||||||||||||||||||||||||||||||
नेपालको पहिलो आमनिर्वाचन २०१५ मा देशभरी १०९ निर्वाचन
क्षेत्र कायम गरिएको थियो । |
||||||||||||||||||||||||||||||||
६. तपाईको विचारमा नेपालमा राजनैतिक अस्थिरता हुनुका कुनै
दुई कारणहरू के हुन सक्छन् ? |
||||||||||||||||||||||||||||||||
प्रश्न न. ६ उत्तर |
||||||||||||||||||||||||||||||||
मेरो विचारमा नेपालमा
राजनैतिक अस्थिरता हुनुका कारणहरु यसप्रकार छन । क.राजनैतिक दलले बहुमत
प्राप्त गर्न नसक्नु, ख. सत्ता केन्द्रित
राजनीति हुनु, |
||||||||||||||||||||||||||||||||
७. बैदेशिक रोजगारीका कुनै २ नकारात्मक प्रभावहरु
लेख्नुहोस्। |
||||||||||||||||||||||||||||||||
प्रश्न न. ७ उत्तर |
||||||||||||||||||||||||||||||||
बैदेशिक रोजगारीका
नकारात्मक प्रभावहरु यस प्रकार रहेका छन। क.युवा बौद्धिक पलाएन ख.स्वदेशमा जनशक्तिको अभाव हुन गइ विकासमा प्रभाव |
||||||||||||||||||||||||||||||||
८. बर्तमान समयमा नेपालमा सहकारी संस्थाहरु समस्यामा
परेका तथा सहकारी संस्थाका सदस्यहरुको
बचत रकम जोखिममा परेको भन्ने सुनिन्छ । यस्तो समस्या आउनुको कारण तथा समाधानको
कुनै १ उपाय पहिचान गर्नुहोस । |
||||||||||||||||||||||||||||||||
प्रश्न न. ८ उत्तर |
||||||||||||||||||||||||||||||||
सहकारी समस्या आउनुको
कारण सहकारी नीतिनियम विपरित
अन्धाधुन्दरुपमा सहकारी संस्था स्थापना हुनु समस्या समाधानको
लागीः-स्पष्ट मापडण्ड तथा नीति नियम अनुसार सहकारी संस्था स्थापना गर्ने |
||||||||||||||||||||||||||||||||
९. रुस र युक्रेनको युद्धले विश्व अर्थतन्त्रमा पारेको
कुनै एक प्रभाव उल्लेख गर्नुहोस् |
||||||||||||||||||||||||||||||||
प्रश्न न. ९ उत्तर |
||||||||||||||||||||||||||||||||
रुस र युक्रेनको युद्बले विश्व अर्थतन्त्रमा पारेको
प्रभाव यसप्रकार रहेको छ । क.मूल्य वृद्धि, ख.विश्व ध्रुवीकरण, |
||||||||||||||||||||||||||||||||
१०.स्थानियकरणले मौलिक पहिचान जोगाइराख्न सघाउ छ कसरी? एक वाक्यमा पुष्टि गर्नुहोस्। |
||||||||||||||||||||||||||||||||
प्रश्न न. १० उत्तर |
||||||||||||||||||||||||||||||||
स्थानियकरणले कुनै पनि ठाँउ विशेषको रैथाने कला,भाषा, संस्कृति,
ज्ञानसिप तथा प्रविधिको जगेर्ना गरी मौलिक पहिचान जोगाउन सघाउ पुर्याउछ। |
||||||||||||||||||||||||||||||||
११.स्वस्थ जीवनशैली अवलम्बन गर्न तपाईले अपनाएको कुनै एक
व्यवहारिक अभ्यास लेख्नुहोस् । |
||||||||||||||||||||||||||||||||
प्रश्न न. ११ उत्तर |
||||||||||||||||||||||||||||||||
स्वस्थ्य जीवजशैली
अवलम्बन गर्न मैले अपनाएको कुनै एक व्यवहारिक अध्यास |
||||||||||||||||||||||||||||||||
क..नियमित रुपमा शारीरिक
व्यायाम गर्ने गरेको छु ख. ताजा
खाना खाने गरेको छु |
||||||||||||||||||||||||||||||||
खण्ड ख |
||||||||||||||||||||||||||||||||
१२."बहुसांस्कृतिकता
हाम्रो राष्ट्रिय गौरव हो" यस भनाईलाई पुष्टि
गर्नुहोस |
||||||||||||||||||||||||||||||||
प्रश्न न. १२ उत्तर |
||||||||||||||||||||||||||||||||
बहुसास्कृतिकता
भन्नाले एउटै भुगोल भित्र विभिन्न
प्रकारका संस्कृतिहरु प्रचलनमा रहेको अवस्थालाइ जनाउछ । यसै गरी राष्ट्रिय गौरव
भन्नाले राष्ट्रलाइ विश्वभरी चिनाउने आधारका रुपमा लिइन्छ । हाम्रो देशको राष्ट्रिय गौरवका रुपमा बहुसास्कृतिकतालाइ
पनि लिइन्छ किन भने हाम्रो देशमा विश्वमा कहि कतै नभएको भिन्न भिन्न संस्कृतिहरु
रहेका छन । मुख्य गरी हामीकहाँ १२४ भन्दा बढी भाषाभाषि १४२ भन्दा बढी जातजाती र
१० भन्दा बढी धार्मिक समुदायका मानिसहरु बसोवास गर्छन । नेपालमा धेरै जाति भाषा
संस्कृतिका मानिसहरू एकतावद्ध भै बसेका छन् । बहुसाँस्कृतिकता नेपालको राष्ट्रिय
पहिचान पनि बनेको छ । धेरै संस्कृति भएतापनि नेपालमा राष्ट्रिय एकता कायम रहेको
छ जसले गर्दा हामी गौरवान्वित भएका छौ ।
भिन्न भिन्न संस्कृतिका विचमा पनि हामी राष्ट्रिय एकतालाइ बलियो बनाउदै मिलेर
बसेका छौ । यसरी एक
अर्काको धर्म संस्कृति चाडपर्व रितिरिवाज भेषभुषाको सम्मान गर्दै स्वतन्त्र
रुपमा एक भइ बसेका भएर हामीले हाम्रो
बहुसास्कृतिकतालाइ राष्ट्रिय गौरवका रुपमा लिएका छौ । |
||||||||||||||||||||||||||||||||
१३.दीगो विकासका लागी नेपालले गरेका कुनै चार प्रयासहरु लेख्नुहोस् । |
||||||||||||||||||||||||||||||||
प्रश्न न. १३ उत्तर |
||||||||||||||||||||||||||||||||
बर्तमान पुस्ताको आवश्यकतालाइ पुरा गर्दै भावी पुस्ताको
आकाङ्क्षालाइ बुझेर गरीने विकासलाइ दिगो विकास भनिन्छ । दिगो विकासका लागी
हाम्रो देश नेपालले गरेका प्रयासहरु निम्नानुसार छन । क.आठौ पञ्जवर्षिय योजना देखि दिगो विकासको अवधारणा समावेश
गर्दै आएको ख.विस.२०५० मा वातावरण संरक्षण परिषदको स्थापना गरेको ग.वि.स.२०५२ मा जनसंख्या तथा वातावरण मन्त्रालयको स्थापना
गरी दिगोविकासका कार्यमा ध्यान पुर्याउदै आएको घ.नेपालको संविधानमा मौलिक हकका रुपमा स्वच्छ वातावरणको
हकको प्रावधान राखेको यसरी वर्तमान समयमा विश्व परिवेशमा जटिल समस्याको रुपमा
रहेको वातावरण ह्रासको समस्या लाई
न्युनिकरण गरी दिगो विकासको अवधारणा अनुरुप वातावरण संरक्षण कार्यमा नेपालले
महत्वपुर्ण प्रयासहरु गर्दै आइरहेको छ । |
||||||||||||||||||||||||||||||||
१४.लोकगीत संरक्षणमा स्थानीय तहको भूमिका विषयमा एक सम्पादकीय
तयार पार्नुहोस् । |
||||||||||||||||||||||||||||||||
सम्पादकिय |
||||||||||||||||||||||||||||||||
लोकगित संरक्षणमा
स्थानीय तहको भुमिका |
||||||||||||||||||||||||||||||||
हाम्रा पुर्खाले सृजना गरेका अमुल्य
सम्पत्तिका रुपमा लोकगित रहेका छन । हामीले हाम्रो मौलिक परम्परा अनुसार मेलापात
पर्व उत्सव रमाइलोक्षणमा आफ्ना अनुभव समेटेर लोकगित गाएने गरिन्छ । लोकगितले
कुनै निश्चित समुदाय भेगको प्रतिनिधित्व गर्छ । यीनीहरु हाम्रा पुर्खाका अमुल्य
निधि र सम्पत्ति हुन । लोकगितले हाम्रा मौलिक भाषा संस्कार र पहिचानलाइ जोगाउन
मद्धत गरेको छ । बर्तमान समयमा हाम्रा लोकगितहरु लोप एव हराउदै
गइरहेका छन। हाम्रा नया पुस्ताका युवायुवतिहरुले यिनिहरुको प्रयोग भन्दा पनि
आयातित संस्कृतिमा रमाउन थालेका छन । कतिपय परम्परागत लोकगितहरु इतिहासमा मात्रै
सिमित हुने अवस्था छ । यसकारण यि लोगगितहरुको संरक्षणमा हामी सबै जुटनु जरुरी
देखिन्छ । बर्तमान समयमा हाम्रो स्थानिय तहले आफ्नो क्षेत्रमा विभिन्न क्षेत्रमा
महत्वपुर्ण कार्यहरु गर्दै आइरहेको छ । यसैक्रममा लोगगितहरुको संरक्षणमा पनि
स्थानिय तहले विशेष भुमिका निर्वाह गर्न सक्छ । यसका लागी स्थानिय तहहरुले आफ्नो
स्थानिय तहमा रहेका लोक
गायकहरुलाई सम्मान गर्ने, लोकगीत प्रतियोगिताहरू सञ्चालन गर्ने ,आफ्नो स्थानिय पाठ्यक्रमहरुमा लोकगितहरु समावेश गर्ने, आफ्ना हरेक औपचारिक एव अनौपचारिक कार्यक्रमहरुमा लोकगितको प्रयोगमा जोड
दिने ,लोकगित सृजना गर्ने सर्जकहरुको भेला गोष्ठि सेमिनार
तथा सम्मेलनहरुको आयोजना गर्ने, जस्ता कार्य गरेर हाम्रा
लोकगितहरुको संरक्षणमा सहयोग गर्न सक्छन । यसरी हाम्रा मौलिक सम्पत्तिका रुपमा
रहेका लोकगितहरुको संरक्षणमा युवा विद्यार्थी अभिभावक स्थानिय निकाय लगाएत सबै
सरोकारवाला पक्षहरुले आफ्नो आफ्नो क्षेत्रवाट जुटन जरुरी छ । यि हाम्रा अमुल्य
सम्पत्तिको महत्व र आवस्कताका वारेमा आम नागरिक सचेत हुन जरुरी छ । |
||||||||||||||||||||||||||||||||
१५.ज्येष्ठ नागरिक हाम्रा संस्कृति, मूल्यमान्यता र परम्पराका स्रोत हुन कसरी ? यस भनाईलाई तर्क सहित प्रष्ट पार्नुहोस् । |
||||||||||||||||||||||||||||||||
प्रश्न न. १५ उत्तर |
||||||||||||||||||||||||||||||||
ज्येष्ठ नागरिक हाम्रा
संस्कृति, मूल्यमान्यता र परम्पराका स्रोत हुन |
||||||||||||||||||||||||||||||||
ज्येष्ठ नागरिक भनेर हाम्रो नेपाली परिवेशमा
६० वर्ष उमेर पार गरेका नागरिकलाई चिनिन्छ । यिनिहरु हामी भन्दा धेरै नै अघि यस
संसारमा पाइला टेकेर थुप्रै हाम्रो समाज र समुदायको इतिहास बोकेर बसेका हुन्छन।
यिनिहरु हाम्रा पथप्रदर्शक एव हाम्रो संस्कृति मुल्य मान्यता र परम्पराका
सृष्टिकर्ता हुन ।जेष्ठ नागरिक विभिन्न ज्ञान र अनुभवका भण्डार पनि हुन । जेष्ठ नागरिकहरुसँग श्रम
र सिपको लामो अनुभव रहेको हुन्छ जसवाट हामी वर्तमानमा अगाढी वढ्न सक्छौ
।यिनिहरुले आफ्नो जिवनकालमा धेरै भोगाइहरु भोगेर अघि बढिरहेका हुन्छन । उनिहरुका
जीवनका महत्वपुर्ण कालखण्डका घटनाहरु वाट हामीले थुप्रै प्रेरणा प्राप्त गर्न
सक्छौ ।हाम्रा सामाजिक नीतिनियम धर्म संस्कार परम्परा रितिरिवाज भेषभुषाका
निर्माता र संरक्षक एव एक पुस्ता वाट अर्को पुस्तामा हस्तान्तरण गर्ने समेत
हाम्रा ज्येष्ठ नागरिकहरु नै हुन । उनिहरुमा परम्परागत मुल्य मान्यता ज्ञानसिपको
खानी रहेको हुन्छ जो हामी प्राप्त गर्न सक्छौ ।हाम्रो नेपाली समाजमा एउटा
प्रसिद्ध भनाइ समेत रहेको छ । आगो सेक्नु मुढाको कुरा सुन्नु ज्येष्ठ नागरिकको
अर्थात हाम्रा अग्रज वाजे बज्यैहरुको कुरा एकदमै ज्ञान वर्दक उपयोगी हुन्छ । यसरी हाम्रा ज्येष्ठ
नागरिक ज्ञानका भण्डार हाम्रो परम्परा मुल्यमान्यता र संस्कृतिका इतिहास समेत
भएकाले यिनिहरुलाइ माया ममता र सम्मानपुर्वक हामीहरुले पालनपोषण गर्नु पर्छ
। जसले गर्दा हाम्रो सभ्य समाजको
परिकल्पना गर्न सक्छौ । |
||||||||||||||||||||||||||||||||
१६. नेपालमा भ्रष्टाचार
नियन्त्रण गर्न धेरै प्रयासहरू भएता पनि सोचे अनुरुप न्युनीकरण हुन नसक्नुका कारणहरु के के होलान् ? चार बुँदामा आफ्नो विचार प्रस्तुत गर्नुहोस् । |
||||||||||||||||||||||||||||||||
प्रश्न न. १६ |
||||||||||||||||||||||||||||||||
उत्तर |
||||||||||||||||||||||||||||||||
कुनै विशेष जिम्मेवारी वा पदको
दुरुपयोग गरेर अनुचित लाभ लिने वा व्यक्तिगत स्वार्थका लागी सार्वजनिक
सम्पत्तिको दुरुपयोग गर्ने कार्यलाई भ्रष्ट्राचार भनिन्छ । नेपालमा पनि यस
प्रकारका गतिविधिहरु हुदै आइरहेका छन र भ्रष्टाचार नियन्त्रणका लागी विभिन्न
विभिन्न प्रयासहरु गरिएता पनि सोचे अनुसारको सुधार हुन सकेको छैन । मेरो विचारमा
नेपालमा भ्रष्टाचार न्युनीकरण हुन नसक्नुका कारणहरु यसप्रकार रहेका छन । |
||||||||||||||||||||||||||||||||
क.राजनैतिक संरक्षण ख. कडा कारवाहीको कमी ग. कानूनको प्रभावकारी कार्यान्वयन नहुनु घ. जनचेतनाको कमी |
||||||||||||||||||||||||||||||||
यसरी हाम्रो देशमा
भ्रष्टाचारको रोकथामका लागी राज्य पक्ष तथा अन्य विभिन्न निकायहरुवाट प्रयास
गरिए पनि भ्रष्टाचार न्युनीकरण हुन सकेको छैन । विस्वमा तिब्र भ्रष्टाचार हुने
मुलुकहरुको सुचीमा नेपाल पनि अग्र स्थानमा आउने गरेको पाइन्छ । |
||||||||||||||||||||||||||||||||
१७. संघिय कार्यपालिकाका कुनै चारवटा कार्यहरू उल्लेख गर्नुहोस् । |
||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||
प्रश्न न. १७ उत्तर |
||||||||||||||||||||||||||||||||
राज्यका तिन वटा महत्वपुर्ण अंङ्गहरु
मध्ये कानुन को कार्यान्वयन गर्ने जनप्रतिमुलक संस्थालाई कार्यपालिका भनिन्छ ।हाम्रो देशमा हाल ३ तहका कार्यपालिकाहरु
रहने कानुनी व्यवस्था छ । जस अन्तर्गत संघिय कार्यपालिकाले गर्ने कार्यहरु
यसप्रकार रहेका छन । क.वार्षिक रुपमा आय व्ययको अनुमानित बजेट निर्माण गर्ने ख.अन्तराष्ट्रिय सन्धिसम्झौताहरु गर्ने ग.देशको दैनिक प्रशासन चलाउनुका साथै मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने घ.व्यवस्थापिकाले निर्माण गरेका कानुन कार्यान्वयन गराउने यसरी नेपालको वर्तमान संविधान अनुसार संघिय कार्यपालिकाले देश र जनताका
दैनिक जनजिविकाहरुका सवालमा महत्वपुर्ण भुमिका निर्वाह गरी लोकतान्त्रिक
व्यवस्थालाइ संस्थागत गर्न सहयोग गरेको छ ।
|
||||||||||||||||||||||||||||||||
१८. भूकम्पले पुर्याउन सक्ने क्षतिबाट सुरक्षित हुने कुनै
चारवटा उपायहरू उल्लेख गर्नुहोस् । |
||||||||||||||||||||||||||||||||
प्रश्न न. १८ उत्तर |
||||||||||||||||||||||||||||||||
पृथ्वीको आन्तरिक हलचलका कारण महशुस हुने धक्कालाई भुकम्प
भनिन्छ । यो एक प्राकृतिक रुपमा घटने
घटना हो । बेलाबेलामा पृथ्वीमा भुकम्पको धक्का आइरहन्छ । भुकम्पका कारण ठुलो
मात्रामा धनजनको क्षति हुने गरेको छ र यसको क्षतिबाट सुरक्षित रहनका लागी निम्न
उपायहरु अपनाउन सकिन्छ । क.भूकम्प प्रतिरोधी संरचना बनाउने ख.भूकम्प सम्बन्धी पूर्व अभ्यास गर्ने, ग. जनचेतना अभिवृद्धि गर्ने घ. प्रभावकारी योजना बनाउने यसरी
भुकम्पवाट सुरक्षित रहनका लागी हामीले बेलैमा सावधानी र सचेतना अपनाउन जरुरी छ ।
नेपाल पनि विश्वमा भुकम्पिय दृष्ट्रिकोणमा जोखिममा रहेको देशका रुपमा चिनिन्छ । |
||||||||||||||||||||||||||||||||
१९. सूचना तथा सञ्चार प्रविधिलाई तपाईले आफ्नो सिकाइमा
कसरी प्रयोग गर्नुभएको छ ? चार वुँदामा लेख्नुहोस् । |
||||||||||||||||||||||||||||||||
प्रश्न न. १९ उत्तर |
||||||||||||||||||||||||||||||||
सुचनाहरुको आदान प्रदान गर्नका लागी विज्ञान र प्रविधिको
आविस्कारले सृजना गरेका आधुनिक प्रविधिहरुलाइ सुचना तथा सञ्चार प्रविधि भनिन्छ ।
वर्तमान २१ औ शताब्दिमा सुचना तथा सञ्चार प्रविधिको प्रयोगले विभिन्न क्षेत्रमा
सहयोग पुर्याएको छ । मैले पनि मेरो सिकाइमा यसको प्रयोग निम्नानुसार गरेको छु । क.अनलाइन कक्षाहरुमा जोडिएर घरमै बसेर पठनपाठन गर्ने
गरेको छु ख. विभिन्न
विषयका असज विषयबस्तुका गृहकार्य गर्न ग. अस्पष्ट विषयमा खोज गर्ने तथा साथीहरूसँग सिकाइसँग
सम्बन्धित छलफल गर्ने गरेको छु घ. सिकाइ सम्बन्धी विभिन्न भिडियोहरू हेर्ने गरेको यसरी वर्तमान युगमा सुचना सञ्चार प्रविधिको प्रयोग व्यापक रुपमा रहेको छ
। शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात ,विद्युत, होटेल
व्यावसाय, पर्यटन व्यावसायलगाएतका विभिन्न क्षेत्रमा यसको
प्रयोग हुदै आएको छ । जसले गर्दा यसको प्रयोगले हाम्रो दैनिक जीवनलाई सरल र सहज
वनाएको छ । |
||||||||||||||||||||||||||||||||
२०. नेपालमा जनसङ्ख्या वितरण समान नहुनाका कुनै चारवटा कारणहरू लेख्नुहोस् । |
||||||||||||||||||||||||||||||||
प्रश्न न. २० उत्तर |
||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||
जनसंख्या वितरण भन्नाले कुनै पनि क्षेत्र देश प्रदेश वा
स्थानमा मानिसहरुको जनसंख्या को विभाजन के कसरी रहेको छ भन्नुलाइ जनाउछ अर्थात
विभिन्न भौगोलिक एव प्रशासनिक एकाइहरुमा जनसंख्याको आकारगत विवरणलाइ जनसख्याको
वितरण भनिन्छ । हाम्रो देशको जनसख्याको वितरण सबै क्षेत्रमा समान छैन । कुनै
ठाँउमा उच्च जनघनत्व छ भने कुनै ठाँउमा न्युन घनत्व रहेको छ । यसरी हाम्रो देशमा
जनसंख्या वितरण समान नहुनुका कारणहरु यसप्रकार रहेका छन । क.सेवासुविधाको असमान वितरण रहनु ख.भौगोलिक विकटता तथा असहज भुगोल वा धरातलीय स्वरूप ग.विकासको अवस्था, घ. रोजगारीको अवसरहरुको सम्भावनामा भिन्नता ङ.बसाइसराइको स्पष्ट मापडण्डको अभाव यसरी हाम्रो देशको हिमाल पहाड तराइ एव शहर तथा ग्रामिण
भेगको जनसंख्याको अवस्था हेर्दा असमानता रहेको देखिन्छ । शहरी क्षेत्रमा तथा
तराइ प्रदेशमा उच्च जनसंख्या रहेको पाइन्छ भने ग्रामिण एव हिमाली क्षेत्रमा
न्युन जनसंख्या रहेको पाइन्छ । सबै भुगोल तथा प्रशासनिक क्षेत्रहरुमा एकनाशको
जनसंख्याको वितरण छैन । |
||||||||||||||||||||||||||||||||
समूह 'ग' लामो उत्तर आउने
प्रश्नहरू (४´७=२८) २१. आजको एक्काइसौं शताब्दिमा पनि नेपालका सबैजसो
निर्वाचनमा धेरै मतपत्रहरू बदर हुने
गरेको पाइन्छ । यसो हुनुका कारणहरू पहिचान गरी समाधानका व्यवहारिक उपायहरू
सुझाउनुहोस् । |
||||||||||||||||||||||||||||||||
प्रश्न न.२१ उत्तर |
||||||||||||||||||||||||||||||||
बर्तमान २१औ शताब्दि विज्ञान र प्रविधिको युग हो । विश्व जगत विज्ञान र
प्रविधिको विकासले धेरै नै अघि बढीसकेको छ । यस विज्ञान र प्रविधिको युगमा पनि
हामी नेपाली अझै कागजी परम्परागत मतपत्रको प्रयोग गरीरहेका छौ । हाम्रा हरेक जसो
निर्वाचनमा परम्परागत मतपत्रहरु कागजमा छापिने र परम्परागत रुपमा स्वस्तिक
चिन्हको छाप लगाउने प्रचलन रहेको पाइन्छ । हरेक निर्वाचनको परिणाम घोषणा सँगै
निश्चित मतपत्र बदर भएको तथ्याङ्क सुन्दै आइरहेका छौ । यसरी हाम्रो देशमा सबै
जसो निर्वाचनमा मतपत्रहरु बदर हुनुका कारणहरु र समाधानका उपायहरु यसप्रकार रहेका
छन । मतपत्र बदर हुनुका कारणहरु क.अशिक्षा एव मतदाता शिक्षाको कमीः-हाम्रो देशमा अझै पनि लगभग २४ प्रतिशत
नागरिकहरु अशिक्षित रहेका छन । उनिहरुलाई के कसरी मतदान गर्ने भन्ने स्पष्ट
ज्ञान नभएर मतपत्र बदर हुने गरेको पाइन्छ । ख. प्रविधिको प्रयोग नहुनुः हामी
नेपालीहरु अझै पनि प्रविधिको प्रयोगको साटो कागजी परम्परागत मतपत्रको प्रयोगमा
छौ जसले गर्दा मतपत्र बदर हुने गरेको पाइन्छ । ग. मतपत्रमा चिह्न स्पष्ट
नहुनुःहाम्रो देशमा धेरै नै राजनितिक पार्टीहरु भएकाले उनिहरुका निर्वाचन
चिन्हहरु स्ष्पष्ट नहुने भएकोले मतदाताहरुवाट बदर हुने गरेका छन । घ.स्वस्तिक छाप लगाउने ठाउँ साँघुरो हुनुः
मतपत्रमा स्वस्तिक छापको मात्रै प्रयोग गर्नुपर्ने र उक्त छाप लगाउने कोठा
साघुरो भएर मतपत्र बदर हुने गरेको छ । यसरी नेपालमा बढदै गइरहेको मतपत्र
बदरको समस्यालाई समाधान गर्न अपनाउनु पर्ने उपायहरु निम्नानुसार छन । क.सबै राजनितिक दल तथा निर्वाचन
आयोगले मतदाता शिक्षालाइ व्यापक र प्रभावकारी बनाउने ख.निर्वाचनमा आधुनिक प्रविधिहरुको
प्रयोग गर्ने ग.परम्परागत रुपमै भए पनि ठुलो आकारमा मतपत्र छपाइ गरी रङ्गिन चिन्हहरु समावेश गर्ने घ.राजनैतिक दलहरुको संख्या घटाएर
सिमित चिन्हहरु राख्ने वा स्वस्तिक छाप लगाउने
ठाँउ फराकिलो पार्ने । यसरी जनताको अमुल्य मतको
कदर गरी वर्षेनी मत बदर हुने समस्याका वारेमा सबै राजनितिक दल, निर्वाचन आयोग
लगाएत सबै सरोकार वाला पक्षले बेलैमा उचित कदम चाल्नु पर्ने देखिन्छ । |
||||||||||||||||||||||||||||||||
प्रश्न न. २२. पृष्ठ भरिने गरी नेपालको नक्सा निर्माण गरी निम्न तथ्यहरूउपयुक्त संङ्केतमा
देखाउनुहोस् । क. मकालु हिमाल ख. सिक्टा सिचाइ आयोजना ग. पशुपतिनाथ मन्दिर घ. खप्तड राष्ट्रिय निकुञ्ज |
||||||||||||||||||||||||||||||||
संकेत मकालु
हिमाल सिक्टा
सिचाइ पशुपतिनाथ
मन्दिर खप्तड
राष्ट्रिय निकुञ्ज N |
||||||||||||||||||||||||||||||||
अथवा अफ्रिका महादेशको नक्शा वनाइ निम्न
तथ्यहरु भर्नुहोस्। प्रश्न न. २३.प्रथम विश्वयुद्ध तथा
दोस्रो विश्वयुद्धका ४/४वटा कारण र३/३वटा असरहरु तालिकामा देखाउनुहोस्। |
||||||||||||||||||||||||||||||||
विश्व इतिहासमा घटेका महत्वपुर्ण
घटनाहरु पहिलो र दोस्रो विश्वयुद्धका कारण तथा असरहरु निम्नानुसार रहेका छन । कारणहरु |
||||||||||||||||||||||||||||||||
|
Comments
Post a Comment